श्रीलंका संकट : प्रदर्शनकारीले निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागे
फरकधार / २५ असार, २०७९

श्रीलंकामा प्रदर्शनकारीले निवास घेराउ गरेपछि राष्ट्रपति गोताबाया राजापाक्ष भागेका छन् । कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरूले घेरेपछि उनी भागेका हुन् ।

प्रदर्शनकारी सरकारी निवासमा छिर्न थालेपछि राष्ट्रपति राजापाक्षलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी कहाँ लगियो भन्नै खुलाइएको छैन ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा राष्ट्रपतिको राजीनामा माग्दै विशाल प्रदर्शन गरिएको थियो । केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । 
प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस र हावामा गोली प्रहार गरेको सञ्चार माध्यमले जनाएका छन् । त्यसलगत्तै राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेको समाचार आएको हो । 



आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । श्रीलंकामा राजनीतिज्ञले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै प्रदर्शनकारी भइरहेको हो ।



  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १४:४०:१६,   अन्तिम अपडेट : असार २५, २०७९ शनिबार १४:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया