बालेनले भने - म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफ्नै तलबबाट यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन् ।

महानगरपालिकाले यम बुद्धकाे सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि विवाद भएको थियो । महानगरले र्‍यापर यम बुद्धकाे सालिक बनाउने निर्णय गरेपछि त्यसको पक्ष र विपक्षमा तर्क आइरहेका बेला बालेनले आफ्नै तलबको रकमले सालिक बनाउने घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै तलबको रकमले यम बुद्धको सालिक बनाउने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १४:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया