सेनाको साइकल यात्रामा विष्ट भए प्रथम

स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व भन्ने मूल नाराका साथ नेपाली सेनाले आयोजना गरेको ‘शुक्ला दोधारा चादँनी’ साइकल यात्रामा महेन्द्रनगरका भुवन विष्ट प्रथम भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा एक घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गर्दै विष्ट प्रथम भएका हुन् । 

साइकल यात्रा सकिएपछि रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी हीरालाल जोशीले साइकल यात्रामा विजेतालाई साइकल, प्रमाणपत्रसहित पुरस्कृत गरे । 

नेपाली सेनाले यहाँ पहिलो पटक आयोजना गरेको साइकल यात्रामा केशबसिंह भण्डारी दोस्रो र नेपाली सेनाका लालबहादुर गुरुङ तेस्रो भएका छन् । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजयी साइकलयात्रीलाई सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी जोशीले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा ६३ जनाभन्दा बढीको सहभागिता रहेको सेनाले जनाएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोग नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, आयोजक श्रीन नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल लगायतको सहभागिता रहेको थियो ।



निःशुल्क स्वास्थ्य शिविर, विभिन्न जनचेतनामूलक कार्यक्रम र सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वर्द्धनसमेत गर्दै आएको सेनाले स्वास्थ्य र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि साइकल यात्रा यहाँ आयोजना गरेको सेनाले जनाएको छ ।



  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १५:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया