श्रीलंका संकट : राष्ट्रपति भवन छिरे प्रदर्शनकारी, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए ।

समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक बोलाएका छन् ।

प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ ।

श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागी हुन देशका धेरै भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।
 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १६:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया