नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् ।
सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक डाकेका हुन् । बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि प्रस्ताव तय गर्न एक नेताले बताए ।
कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।