राजनीतिक दलले परिस्थिति बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउँछ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले चुनावमा देखिएको विकृति र विसंगति अन्त्यका लागि युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय युवा परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको संघीय नमुना युवा संसद अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले काठमाडौं र अन्य स्थानको चुनावी विश्लेषण गर्दा राजनीतिक दलबाट जनता असन्तुष्ट देखिएको उनले बताए। 

अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको उल्लेख गर्दै उनले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए।

अहिलेको समयमा सही विचारका साथ अघि बढ्न युवाहरुलाई सुझाब दिँदै उनले राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरुले परिस्थिति बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने बताए । 

चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि युवाहरुले गरेको नमुना संसद अभ्यासले महत्वपूर्ण योगदान गर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १८:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया