प्रधानमन्त्री बनेको दुई महिनामै विक्रमासिंघेले दिए राजीनामा

दुई महिनाअघि मात्रै श्रीलंकाको प्रधानमन्त्री बनेका रनिल विक्रमासिंघेले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले गत मे १२ मा श्रीलंकाको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । 

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई २६औँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए । तर, शनिबार भएको प्रदर्शनमा राष्ट्रपति निवासभित्र प्रदर्शनकारी घुसेपछि बोलाइएको सर्वदलीय बैठकमा विक्रमासिंघेले पद छाडे । 

उनीअघि महिन्द्रा राजापाक्षे देशको प्रधानमन्त्री थिए । देशका विभिन्न भागमा चर्को विरोध भएपछि उनले राजीनामा दिएका थिए । 

वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे महिन्द्रा राजापाक्षेका भाइ हुन् । उनी श्रीलंकाको राष्ट्रपतिमा सन् २०१९ मा भारी बहुमतका साथ निर्वाचित भएका थिए । शनिबार हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेपछि राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार २१:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया