शिन्जो आबे हत्या प्रकरण : जापान प्रहरीले भन्यो - सुरक्षामा त्रुटि थियो

जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारी ले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ । माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदै छ । आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ । उनको हत्याले सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ । 

आबे एलडिपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व थिए । शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी थियो । 





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार ८:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया