बुढीगंगाको मतगणना अन्तिम चरणमा

बाजुराको बुढीगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार राम बहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन् भने कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रंग बहादुर खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम गरेको हो ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खड्काले ३ हजार ७ सय ५३ मत पाउँदा कांग्रेसबाट उपप्रमुख उम्मेदवार रीता शाहीले ३ हजार १ सय ५३ मत ल्याएकी छन् । उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ । 

अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । ११ बजे भित्र पुरै मत परिणाम आइसक्ने निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । बुढीगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ ।

८ वटा वडाको मतगणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकी रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर ८ मा एमालेका बिराज रावललाई पराजित गर्दै नेपाली कांग्रेसका रमेश बहादुर रावल विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमालेका प्रकाश बहादुर रावतलाई पराजय गर्दै नेपाली कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका भुवन सिंह केसी विजयी भएका छन् । उनले एमालेका मन्नामे विष्टलाई पराजय गरेका हुन् ।

बुढीगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै विजयी भएका छन् । त्यस्तै बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउदले कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरत बहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका मीनबहादुर सिंह विजयी भएका छन् ।



वडा नम्बर दुईमा एमालेका उम्मेदवार पदम भण्डारी विजयी भएका छन् । कांग्रेसका नर बहादुर थापा पराजित भएका हुन् । वडा नम्बर तीन मा एमालेका खडक अधिकारीले कांग्रेसका गोरख बहादुर रौलेलाई पराजित गरेका छन् ।

बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । निर्वाचनमा कूल मतदाताको ६६.८३ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।  



  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार ९:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया