श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन् ।
राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए । प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।
राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । राष्ट्रपति राजापाक्षे जुलाई १३ मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।