एलन मस्कले ट्विटर नकिन्ने भएपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने

धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर नकिन्ने भएपछि मस्क विरुद्ध  ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ ।  ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्जर सम्झौता लागू गराउन आफूहरू अदालत जान लागेको बताएका हुन् । 

मस्कले ट्विटरमा हुने नक्कली तथा स्प्याम अकाउन्टहरूको बारेमा सूचना मागेका थिए । तर पटकपटक सूचना माग्‍दा पनि ट्विटरले नदिएको भन्दै मस्कले ट्विटर नकिन्ने बताएका थिए । 

मस्कले गत अप्रिलमा ट्विटर किन्ने बताएका थिए । ट्विटरसँगको मर्जर सम्झौताबाट छुट्टिन ट्विटरले एक बिलियन डलर मूल्य तिर्नुपर्ने उल्लेख गरेको छ । मस्कले ट्विटर नकिन्ने घोषणा गरेपछि यसको सेयर पनि ७ प्रतिशतले घटेको बिबिसीले जनाएको छ । 

ट्विटरले बिहीबार मात्रै एक मिलियन स्प्याम अकाउन्टहरू हटाएको थियो । अदालतको कारबाही प्रक्रिया केही हप्तामै सुरू हुने ट्विटरले जनाएको छ । र यसको समाधान पनि केही महिनामै हुनेमा ट्विटर विश्वस्त छ । ४४ बिलियन डलरमा किन्न गरिएको सम्झौताका कतिपय प्रावधानको उल्लंघन गरेको भन्दै शुक्रबार उनले ट्विटर नकिन्ने बताएका हुन् । मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ । ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्जर सम्झौता लागू गराउन आफूहरू अदालत जान लागेको बताएका हुन् । 





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १०:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया