श्रीलंका संकटले भारतमा शरणार्थी बढ्न लागेका हुन् ? यसो भन्छन् विदेशमन्त्री जयशंकर
फाइल तस्वीर

भारतीय विदेशमन्त्री एस जयशंकरले टापुराष्ट्र श्रीलंकामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

दक्षिण भारतका मतदातालाई भारतीय जनता पार्टीको पक्षमा पार्ने प्रयासमा दक्षिणी राज्य केरला भ्रमणमा रहेका उनले भारत सरकारबाट श्रीलंकालाई निरन्तर सहयोग भइरहेको तथा थप मद्दतको प्रयास पनि जारी रहेको जानकारी दिए । 

उनले श्रीलंकालीहरूले आफ्ना समस्या समाधान गरिरहेकाले त्यहाँको वस्तुस्थितिको निरन्तर निगरानी गरिएको र अहिले शरणार्थी संकट नभएको बताए । 

विदेशमन्त्रीको उक्त अभिव्यक्तिले कठिन समयमा भारत कसरी आफ्ना छिमेकीहरूको साथमा उभिएको छ भन्ने झल्काउँछ । अभूतपूर्व राजनीतिक एवम् आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई ‘छिमेक पहिलो नीति’अन्तर्गत कठिनाइबाट पार लगाउन कोलम्बोको अनुरोधलाई भारतले तत्काल सम्बोधन गरेको बताए । 

पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जाको माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्धमा बढोत्तरी भइरहेको जानकारी दिँदै उनले तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गरेको बताए । जीवनदायी औषधि, खाद्यान्न र इन्धन खरिदका लागि उक्त रकम प्रदान गरिएको उनको भनाइ छ । 

भारत–श्रीलंका सम्बन्ध सुमधुर रहेको र त्यहाँका जनतालाई सघाउन सधैँ तत्पर रहेको स्पष्ट गर्दै उनले श्रीलंकाली जनताप्रति भारतको ऐक्यबद्धता रहेको स्पष्ट गरे । आर्थिक संकट अन्त्य गर्न भारतीय सहयोग जारी रहेको बताउँदै उनले श्रीलंकाली जनतालाई आर्थिक सहायता, विदेशी मुद्रा सहयोगलगायत सहायता गरिरहेको र बितेका दुई महिनामा २५ टनभन्दा बढी औषधि र चिकित्सा सामग्रीको प्रदान गरेको जानकारी दिए । 



यसैबीच, श्रीलंकास्थित भारतका उच्चायुक्त गोपाल वाग्लेले आज श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीरालाई भेटेर ४४ हजार मेट्रिक टनभन्दा बढी युरिया आइपुगेको जानकारी दिएका छन् । भारत सरकारले ऋण सहयोगअन्तर्गत उक्त मल उपलव्ध गराएको हो । 

श्रीलंका जनतालाई सहयोग गर्न  र उनीहरूको खाद्य सुरक्षा सुनिश्चितताका निम्ति भारत प्रतिबद्ध रहेको र पछिल्लो सहयोग द्विपक्षीय सहयोगको प्रबल प्रतीक रहेको उनले बताए ।



  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १५:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया