श्रीलंकामा राष्ट्रपति भवनभित्र पैसा गनिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौं रुपैयाँ फेला पारेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् । श्रीलंकाली सञ्चार माध्यम डेली मिररले उल्लेख गरेअनुसार, उक्त भिडियो श्रीलंकाको राष्ट्रपति भवनभित्रको हो ।
पैसा गन्नेहरू प्रदर्शनकारी हुन् । देश आर्थिक संकटमा परेपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी भवन र प्रधानमन्त्री रणिल विक्रमासिंघेको निजी निवासमा कब्जा जमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।