आगामी निर्वाचनमा एमालेसँग गठबन्धनको सम्भावना छैन : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संघ र प्रदेशको आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नभएको बताएका छन् । 

आइतबार संवाद डबलीमा कुरा गर्दै गुरुङले एमालेको नेतृत्वले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा गरको गल्तीको गम्भीर आत्मसमीक्षा नगरेसम्म गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् । 

'राष्ट्रियताको मुद्दामा आत्मसमीक्षा भएको छैन । संविधान ‘डिरेल गर्ने खालका समस्या देखापरे । त्यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन । यी विषयमा गम्भीर आत्मसमीक्षा भएको अवस्थामा एकता हुनै सक्दैन भन्ने होइन । तर, अहिले नै एमालेसँग गठबन्धनमा जाने अवस्था देखिँदैन' उनले भने ।

राष्ट्रियता र संविधानजस्ता विषयले हालको सत्ता गठबन्धनमा अप्ठ्यारोमा परेको अवस्थामा एमालेसँग गठबन्धन बन्न सक्ने भए पनि अहिले त्यो अवस्था पनि नरहेको उनको भनाइ छ । उनले सत्तारुढ गठबन्धनमा अहिलेसम्म राष्ट्रियता र प्रजातन्त्रको सन्दर्भमा गम्भीर प्रकारको भूल नभएको गुरुङको जिकिर छ ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १६:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया