सारा करणसँग रुष्ट, यस्तो छ कारण

बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । 

ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथिहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए ।

तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुशी छैनन् । सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रुपमा कसैले भनिदिँदा रिसाएकी छिन् । अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । 

सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन् । सारा बलिउडमा पहिचान बनाउन संघर्षरत छिन् । यही बेला उनको जीवनसँग जोडिएका कुरा आउँदा उनी रिसाएको सारा निकट स्रोतको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटनापछि साराले करणसँग बोलचाल नै बन्द गर्ने भन्ने मनसाय बनाएकी छैनन् । तर, उनी मानिसहरु आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहिन्छन् ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १६:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया