दिवा खाजाका कारण सामुदायिक विद्यालयमा नियमित बन्दै विद्यार्थी

लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुको साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेसीशहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए ।

दिवा खाजा कार्यक्रमबाट बेसीशहर नगरपालिकाका मात्र ६० विद्यालयका करिब १३ सय छात्रछात्रा लाभान्वित भएका छन् । प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले हरेक महिना पाँच लाख ८५ हजार खर्च हुने गरेको बेसीशहर शिक्षा शाखाले जनाएको छ ।  

विद्यालयमा ‘कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्ने गरेको विद्यालयका शिक्षकहरु बताउँछन् । स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बरालको भनाइ छ ।

खाजाका रुपमा तरकारी चिउरा, चना, अण्डा, सुजीको हलुवा र खिर हुने बालबालिका बताउँछन् । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय हुने गरेको अभिभावक सरस्वती थापा बताउँछिन् ।

खाजा कार्यक्रमले बालबालिका विद्यालयमा नियमित हुने, बीचमै कक्षा नछोड्ने, विद्यालय जान हौसिने गरेका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १८:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया