श्रीलंकामा संकट : प्रदर्शनकारी भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीले पद नछाडेसम्म निवास कब्जा गर्छौँ
फरकधार / २७ असार, २०७९

श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म उनीहरूको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । 

प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर, राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ । 

दुवै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो संघर्ष  सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ,’



आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन् । 



  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ७:७:३१,   अन्तिम अपडेट : असार २७, २०७९ साेमबार ७:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया