सहप्राध्यापक तथा समालोचक जोशीलाई प्रादेशिक प्रतिभा पुरस्कार
फरकधार / २७ असार, २०७९

सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।



मन्त्रालयले विभिन्न ९ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गरे ।

जनही १ लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरियो । भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’ (कट्टेल), संस्कृति विधातर्फ काठमाडौंका डा. रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उनीहरूलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरियो ।



जनही ५० हजार रुपैयाँ राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा सहप्राध्यापक, लेखक तथा समालोचक गणेशराज जोशी, धनकुटाका डा. यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा. हरिप्रसाद सिलवाल, पर्वतका डा. बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित भए ।



यस्तै, संस्कृति विधातर्फ ओखलढुङ्गाका डा. लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौंका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा. राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा. त्रैलोक्यनाथ जोशी पुरस्कृत भए ।

ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी (महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुन मगर (डडेल्धुरा) लाई पुरस्कृत गरिएको छ । सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ, रामनारायण ठाकुर (जनकपुरधाम), नवीन पौडेल (काठमाडौँ) केशरी घर्ती मगर (पोखरा), उन्नती बोहरा (रूपन्देही), उत्तम शर्मा (उत्तरगङ्गा ) र अम्बरबहादुर लामा (डोटी) पुरस्कृत भए ।

मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कवितारकाव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्धरसमालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखनारनाटकतर्फ डा पुष्करराज भट्ट कैलाली, बालसाहित्यरलोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरालाई पुरस्कृत गरिएको छ ।

त्यस्तै भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली छन् । यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङ्का डा. अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी मन्त्रालयले यसैवर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ । 

  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ७:४६:४२,   अन्तिम अपडेट : असार २७, २०७९ साेमबार ७:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया