तापक्रम बढेपछि चीनको सांघाइमा ‘रेड अलर्ट’ जारी

चीनको सांघाईमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको छ ।

सिन्ह्वाका अनुसार सांघाईमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो । 

सन् १८७३ देखि सहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५  तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो । 
  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ८:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया