चिनियाँ नेता लिउको नेपाल भ्रमण तालिका : बिहान बीपी संग्रहालयमा, साँझ प्रचण्डसँग डिनर

चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँझ सोल्टी होटलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लन्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कने छन् । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ९:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया