विश्वप्रकाश शर्माको प्रश्न - प्रधानमन्त्रीलाई कसले सल्लाह दिन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रस्ट छौँ हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरुरी छ ।’  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ११:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया