गगन थापाले भने - नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन
फरकधार / २७ असार, २०७९

कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तरीय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओलाई कांग्रेसले आफ्नो स्पष्ट धारणा यसरी राखेको बताएका हुन् ।



‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रि भोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल–चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ । हामीले चीनलाई बिपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौँ । हामीले स्पष्टसँग चीनलाई एमसिसी पनि लिन्छौँ, बीआरआईमा पनि सहभागी हुन्छौँ, तर कुनै पनि सैन्य संगठनमा पस्दैनौँ,’ उनले भने, ‘हामी विकास सहायता चाहन्छौँ, तर कुनै सैन्य संगठनमा पस्दैनौँ । हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ । हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ ।’ 

उनले विकासका लागि नेपाललाई खर्बौं रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि बताए ।



नेता थापाले चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको बताए । 



  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १३:२९:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया