मकवानपुरको इन्द्रसरोवरमा बागमती प्रदेशभरका युवाहरूको गोष्ठी भइरहेको छ । प्रदेशमा अब हुने युवा नीतिका विषयलाई अन्तिम रूप दिनका लागि युवाहरूको भेला आयोजना गरिएको हो ।
प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । प्रदेशको युवा सम्बन्धी नीति निर्माण गर्दै कुलेखानीमा आयोजित दुई दिने गोष्ठी आज सकिँदै छ ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला युवा समितिका १३ जिल्लाका अध्यक्षहरू, पार्टीका जनवर्गीय संगठनका केन्द्रका अध्यक्षहरू लगायतको सहभागितामा युवा नीति बनाउन लागिएको हो ।
आइतबारदेखि सञ्चालन भएको कार्यक्रम सोमबार सम्पन्न हुने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।