देउवालाई प्रदीप पौडेलको सुझाब : पार्टीमा सुदृढ एकताका लागि उदारता देखाउनुस् (यस्तो छ १८ बुँदे सुझाब)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई उदारता देखाउन आग्रह गरेका छन् । सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्दै उनले निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझेर पार्टीमा सुदृढ एकता गराउन देउवालाई आग्रह गरेका हुन् । 

स्थानीय तह निर्वाचन २०७९ को समीक्षाका लागि कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिलेले पौडेलको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमिति गठन गरेको थियो।

उक्त उपसमितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन यसअघि परिचालन समितिका संयोजक तथा उपसभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । 

सोही क्रममा नेता कार्यकर्ताबाट आएका भावनालाई समेटेर पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा १८ बुँदे सुझाब दिएका हुन् । पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियामा अन्तरविरोध बढाउनेभन्दा आमएकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेतृत्वले आ–आफ्नो भूमिका निभाउनुपर्ने उनको सुझाब छ । 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १८:४३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया