जुन वडामा कार्यालय सहयोगी थिए, त्यसकै वडाअध्यक्ष बने रणबहादुर

तीन महिनाअघिसम्म बाजुराका रणबहादुर थापा बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए। उनले मासिक १४ हजार पाउने गरी नगरपालिकाबाट करार नियुक्ति पाएका थिए। तर, यही असार २३ गते भएको स्थानीय तहको चुनावबाट उनी सोही वडाको अध्यक्ष बनेका छन्।

०७५ सालदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडाअध्यक्ष पदमा लड्न गत चैतमा राजीनामा दिएका थिए। उनले नेकपा एमालेसँग आफू वडाअध्यक्ष लड्न इच्छुक रहेको बताएका थिए। सोही आग्रहअनुसार एमालेले उनलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

नेपाली कांग्रेसका लोकबहादुर थापालाई हराउँदै विजयी भएका थापाले ४ सय १६ पाएका थिए, भने पराजित लोकबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए । 

 ‘मैले वडामा कार्यालय सहयोगी हुँदा धेरैको सेवा गरेको थिएँ। मलाई जनताका दुःख, पीर र मर्का सबै थाहा छ,’ उनले भने, ‘ममा वडा कार्यालय चलाउन सबै अनुभव पनि भइसकेको छ ।’

यसअघि उक्त वडाको अध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार सिंहसहित पूरै प्यानल विजयी भएको थियो।





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार २०:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया