आकाश र रेखाको ‘हिँड्दा–हिँड्दै’को छायांकन सकियो

प्रेमकथानक चलचित्र ‘हिँड्दा–हिँड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।

मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् । 

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् । 

चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दाबी निर्देशक आलेको छ । पोस्ट प्रोडक्सन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनिक गर्ने जानकारी निर्माता पंगेनीले दिए ।





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार २१:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया