श्रीलंकाको केही भागमा सीमित इन्धन र ग्यास वितरण

श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो ।

सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणमा जनाइएको छ । लाइनमा हजारौं थकित मानिसहरूको भिड देखिन्थ्यो । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् । 

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको  छ ।  देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।

संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै साता राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए । राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् ।  
 





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार ७:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया