कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको छ । एमालेको वडा कमिटीले विद्यालयको गेट बनाइदिएर पार्टीको नाम लेखेको थियो ।
विद्यालयको गेट एमाले बेदकोट–९ को कमिटीले शनिबार बनाएको थियो । बिदाको दिन परेको हुनाले विद्यालय प्रशासनलाई पार्टीको नाम लेखिएको बारेमा जानकारी नभएको प्रधानाध्यापक मोहन जोशीले बताए ।
त्रुटि भएको भन्दै पार्टीको नाम हटाएर ल्याउन निर्देशन दिएको पनि प्रधानाध्यापक जोशीले बताए । एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिले आलोचना गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।