इटालीले छिट्टै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज दिने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरूको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो ।
युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ वृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।