माथिल्लो दोर्दी ‘ए’ को बिजुली साउनबाट बल्ने

लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ‘ए’ ले साउनबाट उत्पादन गर्ने भएको छ ।

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण सम्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो ।

२५ मेगावाट क्षमताको यो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । 

आयोजनाले पटक(पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । 

आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ ।  





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार ११:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया