श्रीलंकाका राष्ट्रपतिले राजीनामा पत्रमा हस्ताक्षर गरे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । श्रीलंकाका सञ्चारमाध्यमका अनुसार राजापाक्षेको राजीनामा १३ जुलाईमा सभामुखले सार्वजनिक गर्ने छन् । 

‘राष्ट्रपतिको राजीनामा पत्रमा हस्ताक्षर गरी वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका थिए । ती अधिकारीले राजीनामा पत्र संसद सभामुखलाई बुझाउने छन् । उक्त पत्रको जानकारी पाएका सभामुख महिन्दा यापा अबेवर्देनाले भोलि गोटाबाया राजापाक्षेको राष्ट्रपतिको कार्यकाल समाप्त भएको सार्वजनिक घोषणा गर्नेछन्,’ श्रीलंकाको समाचार संस्था डेली मिररले लेखेको छ ।

राजापाक्षेले हाल सेनाको साथमा सुरक्षित स्थानमा रहेको बताइएको छ । ९ जुलाईमा नागरिकले गरेको प्रदर्शनअघि राष्ट्रपति राजापाक्षेलाई सुरक्षित स्थानमा लिइएको थियो ।  





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १२:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया