अनेरास्ववियूको प्रदर्शनले प्रदेशसभा छिर्न पाएनन् गण्डकीका मुख्यमन्त्री
फाइल तस्वीर

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले मुख्यमन्त्री नेपालीको राजीनामा माग्दै प्रदेशसभा भवनअघि आन्दोलन गरेको हो ।

अनेरास्ववियूको आन्दोलनका कारण मुख्यमन्त्री नेपालीले प्रदेशसभामा सम्बोधन गर्न पाएनन् । प्रदेशसभाको गेटअघि अनेरास्ववियूका कार्यकर्ताले प्रदर्शन गरेपछि मंगलबार हुने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री नेपाली रोकिएका हुन् । 

उनका प्रेस संयोजक भरतप्रसाद कोइरालाका अनुसार ११ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले सम्बोधन गर्न कार्यसूची थियो । उनीविरुद्ध प्रदेशसभा अगाडि प्रदर्शन भएपछि मुख्यमन्त्री नेपाली कार्यालयमै रोकिएका हुन् ।

बाबु–आमाको नाम खोलिएको ट्रष्टका लागि बजेट छुट्याएको विषयलाई लिएर अनेरास्ववियूले विरोध प्रदर्शन गर्दै आएको छ । विरोधस्वरूप अनेरास्ववियूले सोमबारदेखि मुख्यमन्त्री नेपाली र शिक्षामन्त्री मेखलाल श्रेष्ठको अनुहारमा मुकुण्डो लगाएर १ रुपैयाँ संकलन अभियान चलाइरहेको छ ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १४:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया