सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्ष अनुपस्थित, बैठक फेरि स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि पनि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे स्थगित भएको बैठक दिउँसो ३ बजेका लागि बोलाएको भए पनि बस्न सकेन ।

बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बिहान सभामा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका थिए भने दिउसो ३ बजे प्रतिपक्ष अनुपस्थित भएपछि सभामुख थापाले बैठक स्थगित गरेका हुन् । 

सुदूरपश्चिम प्रदेश सभाको बैठक सांसदले बहिस्कार गर्न थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अगाडि बढाउन सरकारभित्रैका प्रदेशसभा सदस्यबीच आन्तरिक द्वन्द्व रहेको छ ।  

बजेट संशोधन नभएसम्म बजेट पास हुन नसक्ने एमालेले जनाएको छ । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बसेको थियो । 

प्रमुख सचेतक दुर्गा विकले आह्वान गरेको बैठकमा बजेट परिष्कृत भएर आएमा मात्र समर्थन जनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ । 

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा आन्तरिक मामिलामन्त्री रणबहादुर रावलको अध्यक्षतामा बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका थिए । बजेटमाथि नेकपा माओवादी केन्द्रको मात्र समर्थन रहेको बुझिएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १७:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया