बैतडीको डिलासैनीले बाँड्यो मतदाता संख्याबराबर कागतीका बोट

बैतडीको डिलासैनी गाउँपालिकाले मतदाता संख्याबराबर कागतीका बोट वितरण गरेको छ । गाउँपालिकाभरका व्यावसायिक किसानका साथै अन्य किसानलाई कागतीका बोट वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
 
फलफूलको बगैँचा स्थापना गर्ने किसान, कृषि सहकारी संस्था, कृषि फर्मलगायतलाई आवश्यकताअनुसार बोटबिरुवा वितरण गरिएका छन् भने अन्य किसानलाई कागतीका बोट वितरण गरिएको प्रवक्ता भट्टले बताए ।

गाउँपालिकाभरि १३ हजार ५ सय कागतीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएका हुन् । 
कागतीका विरुवा रोप्ने किसानका लागि सूचना आह्वान गरिएको र सोही सूचनाका आधारमा आवेदन दिने किसान, कृषि सहकारी संस्था, कृषि फर्मलगायतलाई कागतीका बोट वितरण गरिएका गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

आफूले मतदाता संख्या बराबर वृक्षारोपण गर्ने घोषणा गरेको र सोहीअनुसार कागतीका बोट वितरण गरिएका उनले बताए । सातवटै वडा कार्यालयमार्फत किसानलाई कागतीका बिरुवा वितरण गरिएको हो । 

कागतीका बिरुवा लगाउने पूर्वतयारी गरेका किसानलाई विरुवा वितरण गरेको बताइएको छ । किसानलाई फलफूल खेतीका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यसहित फलफूलका विरुवा वितरण गरिएका अध्यक्ष जोशीले बताए । 

सिजनअनुसार अन्य फलफूलका बिरुवा पनि वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया