प्रदेश १ को नाममा कांग्रेस–एमालेको मत नजिक

प्रदेश १ को नामका सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमाले नजिक देखिएका छन् । अन्य दलले पहिचानलाई आधार बनाउनुपर्ने बताइरहँदा कांग्रेस र एमालेले भने भूगोलका आधारमा नाम राख्नुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । 

एमालेले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेको छ भने कांग्रेसले सप्तकोशी राख्नुपर्ने बताउँदै आएको छ । अन्य मुद्दामा मतभेद रहे पनि प्रदेश १ को नामको सन्दर्भमा कांग्रेस एमाले नजिक देखिएका हुन् ।

प्रदेशसभाको दशौँ तथा अन्तिम अधिवेशनबाट नाम टुंगो लगाउने प्रयासमा दलहरु जुटेका छन् । कांग्रेस–एमालेले भूगोलका पक्षमा अडान राखेपछि पहिचानवादीहरु सक्रिय बनेका छन् । 

शुक्रबारको प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले भूगोलको आधारमा कोशी र सगरमाथा प्रस्ताव गरेको थियो भने माओवादीले किराँत प्रदेश राख्नुपर्ने प्रस्ताव अघि सारेको थियो । 

नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि बहुपहिचानलाई आधार मानेर अघि बढ्नुपर्नेमा एक्मत छन् । 

शुक्रबारसम्म मौन रहेको कांग्रेसले शनिबार भने पत्रकार सम्मेलन गरेर भूगोललाई आधार मानेर प्रदेश १ को नाम  ‘सप्तकोशी’ राख्नुपर्ने प्रस्ताव गरेको छ ।



जातीय पहिचानका आधारमा नाम राख्न भन्दै पहिचानका पक्षधर ३२ वटा संस्थाले सोमबार मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले बहुपहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने बताएका थिए ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार २०:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया