मतदाता नामावली अब अनलाइनबाटै दर्ता गर्न सकिने

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमुना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा आजदेखि सुरु गरेको हो । 

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्ला)मा अनलाइनबाटै पेस गर्न सकिनेछ ।

सोपश्चात् अनलाइन फाराममा उल्लिखित संकेत नंसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमार्फत जानकरी दिए । ​





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार २१:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया