प्रि–सिजन टुरअन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ ।
गएराति बैंककमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे ।
टुरमा राम्रो लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्याण्ड भ्रमणपछि युनाइटेड अस्ट्रेलिया टुरमा निस्कने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।