‘इरानले रुसलाई सयौं ड्रोन उपलब्ध गराउँदै छ’

इरानले युक्रेन युद्धका लागि रसियालाई सम्भावित सयौं ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका छन् । 

इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको दाबीलाई पुष्टि र अस्वीकार नगरी युद्धअघि रुससँग प्राविधिक सहयोग  भएको जनाएको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानी चाफीको भनाई उद्धृत गर्दै इरानको फार्स समाचार एजेन्सीले लेखेको छ, ‘अहिले यो सम्बन्धमा कुनै विशेष विकास भएको छैन ।’

युक्रेन र रुस दुवैको युद्धमा ड्रोनले महत्वपूर्ण  भूमिका खेलेको छ । गत हप्ता मात्र युक्रेनले आफ्नो युद्धलाई सहयोग गर्न हजारौं ड्रोन उपलब्ध गराउन अपील गरेको थियो । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ८:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया