गठबन्धन सरकारलाई साझा कार्यक्रम कुन रद्दीको टोकरीमा छ पत्तो छैन : भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा. भीम रावलले सरकारले आफ्नो प्रतिवद्धता विपरीतका काम गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारले राष्ट्रियहितको सुरक्षा गर्न नसकेको बताएका हुन् ।

‘एक वर्षमा प्रधानमन्त्री शेरबहादुर देउवाजीको नेतृत्वको गठबन्धन सरकारले जे गर्छु भनेको थियो, त्यसको ठीक उल्टो गरेको छ,' उनले भने ।

सरकारले परराष्ट्र नीतिलाई संविधानबमोजिम अगाडि बढाउन नसकेको उनको भनाइ छ । उनले सरकारले साझा न्यूनतम कार्यक्रम अनुरूप काम गर्न नसकेको बताए ।

'गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम त कुन रद्दीको टोकरीमा छ अत्तोपत्तो नै छैन । यस अर्थमा यो सरकार जुन घोषित लक्ष्यका, उद्देश्यका साथ म गर्छु भनेर आएको थियो, त्यो औचित्यहीन, निरर्थक देखिएको छ,’ उनले भने ।

 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १९:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया