मधेस प्रदेशमा थपियो २ अर्ब १३ करोड बेरुजु, असुल गर्नुपर्ने १७ करोड ६८ लाख
फाइल तस्वीर

मधेस प्रदेश सरकारको मातहतमा रहेका कार्यालयमा बेथिति नै बेथिति रहेको महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ मा मधेस प्रदेश सरकारको बेरुजु २ अर्ब १३ करोड ५ लाख ७३ हजार रहेको छ । 

त्यसमध्ये असुल गर्नुपर्ने १७ करोड ६८ लाख ८६ हजार, नियमित गर्नुपर्ने १ अर्ब ६१ करोड १५ लाख ९१ हजार र अनियमित भएको ६० करोड ८७ लाख ७८ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरि, खर्चको प्रमाण/कागजात पेस नभएको रकम १ अर्ब २६ लाख १५ हजार र कर्मचारी पेश्की ३४ करोड २० लाख ९६ हजार रहेको छ । 

विगतका वर्षमा रहेको बेरुजु र गत वर्षको बेरुजु गरि मधेस प्रदेश सरकारको कुल बेरुजु रकम ५ अर्ब ६८ करोड ३५ लाख १४ हजार पुगेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार सबभन्दा बढी बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयको ३८ दशमलव ८२ प्रतिशत र सबभन्दा कम बेरुजु प्रदेश नीति तथा योजना आयोगको शून्य दशमलव ११ प्रतिशत रहेको छ । 



भौतिक पूर्वाधार विकास मन्त्रालयको ८२ करोड ७१ लख १ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५१ करोड १४ लाख ६८ हजार, सामाजिक विकास मन्त्रालयको ४८ करोड ७५ लाख ९९ हजार बेरुजु रहेको छ । 

त्यसैगरि, उद्योग पर्यटन तथा वन मन्त्रालयको ७ करोड ४२ लाख २३ हजार र अन्य मन्त्रालय तथा मातहतका कार्यालयका १२ करोड २० लाख ५८ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।



  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १९:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया