लुम्बिनी प्रदेश : महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेस

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष बुधबार लुम्बिनी प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक नारायण मरासिनीले आर्थिक वर्ष २०७७–७८ को चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचन समक्ष पेस गरेका छन् ।

नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम–कारबाहीका सम्बन्धमा अगल–अगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्ने संवैधानिक व्यवस्थाअनुसार महालेखा परीक्षकको कार्यालयले प्रदेश लेखा प्रतिवेदन पेस गरेको हो ।

यस्तै नेपालको संविधानको धारा २४१ बमोजिम प्रदेशसभा, प्रदेश सरकार र प्रदेशका सरकारी कार्यालयको लेखा कानुनबमोजिम नियमित, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी महालेखा परीक्षकबाट लेखा परीक्षण हुने व्यवस्था रहेको छ । 

प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश प्रमुखबाट प्रदेशका मुख्यमन्त्रीमार्फत प्रदेश संसदमा पेस गर्ने प्रावधान रहेको छ ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार २०:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया