सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० का लागि पेस गरेको बजेट अन्तत पारित गरेको छ । सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकैदिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको हो । 

बजेटबारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रोपटक राति पौने ९ बजे बसेको बैठकले बजेट पारित गरेको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए । 

असार १ गते प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोडबराबरको बजेट प्रस्तुत गरेका थिए । तर, प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा चल्न सकेको थिएन ।

बुधबार प्रदेश सरकारले एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक बस्यो, जहाँ प्रदेशसभा सदस्यहरूले बजेटमाथि छलफल गरेका थिए ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार २१:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया