श्रीलंकामा प्रदर्शनका क्रममा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय बैठक बोलाइयो
फरकधार / ३० असार, २०७९

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक बनेका छन् । तर, प्रदर्शनकारीले विक्रमासिंघेलाई पनि राजीनामा दिन माग गरेका छन् । 

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । तर, प्रधानमन्त्री त्यहाँ छैनन् । 

विक्रमसिंघेले श्रीलंकामा संकटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सरकार र विपक्षी दुवैलाई मान्य हुने प्रधानमन्त्री मनोनयन गर्न सभामुख महिन्दा यापा आबेवर्देनालाई जानकारी गराएका छन् ।



राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स प्रस्थान गरेपछि कोलम्बोमा व्यापक विरोध प्रदर्शन भइरहेकाले श्रीलंकाले बुधबार संकटकाल घोषणा गरेको छ । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।



यसैबीच, बुधबार साँझ बसेको सर्वदलीय बैठकले प्रधानमन्त्री विक्रमासिंघेलाई राजीनामा दिन सुझाव दिएको छ ।

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ६:३१:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया