इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् । इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी स्ट्रर्लिङ बुधबार चेल्सी अनुबन्ध भएका हुन् ।
बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए । चेल्सीसँग उनले पाँच वर्षको सम्झौता गरेका हुन् । २७ वर्षीय विंगर स्ट्रर्लिङ सम्झौता एक वर्ष बाँकी रहँदै चेल्सी पुगेका हुन् ।
सन् २०१५ मा उनी लिभरपुलबाट सिटी आएका थिए । सिटीका लागि स्ट्रर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।