काठमाडौंको नागार्जुन-८ मा चितुवाको आक्रमणबाट पाँचजना घाइते
फाइल तस्बिर

काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसको चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका हुन् । 
 
चितुवाको आक्रमणबाट भट्टराईका घरमा रहेका पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको शरीरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ७:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया