युक्रेनले किन तोड्यो उत्तर कोरियासँग सम्बन्ध ?

पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ । उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि युक्रेनले कदम चालेको हो । गत महिना रुसी सहयोगी सिरियाले पनि पूर्वी क्षेत्रलाई मान्यता दिएको थियो ।

युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्तिमा रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मान्यता दिने उत्तर कोरियाको निर्णयको निन्दा गरेको छ ।

‘युक्रेनले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियासँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले रुसका सहयोगी देशहरु घट्दै गएको दाबी गरेका छन् । विदेशमन्त्री कुलेबाले विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक र राजनीतिक रूपमा रुसमा निर्भर देशबाहेक संसारमा अब कुनै पनि सहयोगीहरु छैनन् ।’

रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै स्वघोषित गणतन्त्रलाई मान्यता दिएको थियो ।  





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ७:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया