लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । १७औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको हो । संस्थापक सेयर धनीका तर्फबाट सञ्चालक समितिमा विश्राज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयर धनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पुँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।