एमसिसीबारे सरकारले तत्काल अमेरिकालाई पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विषयमा अमेरिकालाई तत्काल पत्र लेख्न माग गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले एमसिसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरे पनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारलाई तत्काल पत्र लेख्न माग गरेका हुन् । 

‘अमेरिकाले एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्रेष्ठले भने, ‘तर अहिलेसम्म अमेरिकाले त्यसबारे केही प्रतिक्रिया दिएको छैन ।’ उनले अमेरिकाले उक्त व्याख्यात्मक घोषणा नस्वीकारे जटिल समस्या आउनसक्ने पनि बताए ।

 ‘तत्काल एमसिसीको अनुमोदन गर्दा गरेको धारणाका लागि पत्र लेख्न पहल कदमी गर्न सरकारलाई अनुरोध गर्दछु’, श्रेष्ठले भने, ‘अन्यथा जटिल समस्या आउनसक्छ वा एमसीसीलाई नयाँ ढंगले सोच्नुपर्ने हुनसक्छ ।’  

उनले एसपिपीका बारेमा पनि सत्यतथ्य बाहिर आउनुपर्ने पनि बताए ।  





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १२:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया