बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो । 

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १२:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया