'एमाले अर्थ विभागका एम अधिकारी र गभर्नर महाप्रसाद एउटै हुन कि होइन छानबिन गरौँ'
फाइल तस्वीर

राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । 

बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् । 

उनले नियम, कानुन, मूल्यमान्यता, गल्ती र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब, आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे । 

त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताइन् । 

उनले बजार महँगीले दिनभरी काम गरेर बिहान-बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गरिन् । 

उनले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताइन् । 



सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपत्ति जनाइन् । 

उनले सरकारले सांसदसँग समेत छलफलबिना महत्वपूर्ण नागरिकता हातहतियार किन्ने, महिलाहिंसा विधेयक हतार-हतारमा ल्याएको बताइन् । 



सांसद बिसीले यौनहिंसा सम्बन्धीको संकल्प प्रश्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनर्विचार गर्न माग गरिन् । 

सांसद बिसीले सम्बन्धित निकायले आवश्यक छैनभन्दा भन्दै पनि प्रतिपक्षको विरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्ने बताइन् ।
 

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १३:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया